दफा
बीउ बिजन परीक्षण प्रयोगशालाको स्थापना
९.१ बीउ बिजनको परीक्षण र तत्सम्बन्धी अन्य कार्य गर्नको लागि नेपाल सरकारले बीउ बिजन परीक्षण प्रयोगशालाको स्थापना गर्नेछ।
९.२ बीउ बिजनको परीक्षण र तत्सम्बन्धी-अन्य कार्य गर्नको लागि मन्त्रालयले तोकेको मापदण्ड बमोजिम हुने गरी सम्बन्धित प्रदेश कानून बमोजिम प्रदेश मन्त्रालय वा स्थानीय तह: वा कुनै व्यक्ति वा निजी सङ्घ संस्थाले बीउ बिजन परीक्षण प्रयोगशालाको स्थापना गर्न सक्नेछन्‌।
९.३ उपदफा ९.१ र. ९.२ बमोजिम स्थापना भएका प्रयोगशालाको “प्राविधिक रेखदेख र नियन्त्रण समितिबाट हुनेछ।